नेमाइरले भने: मैले ‘नाटक’ गरेको होइन - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

नेमाइरले भने: मैले ‘नाटक’ गरेको होइन



ब्राजिलका स्टार स्ट्राइरक नेइमारले आफूमाथि लागेको मैदानमा चाहिने भन्दा धेरै अभियन गरेको भन्ने आरोपको खण्डन गरेका छन् ।

रुसमा जारी विश्वकपमा नेइमार विपक्षी खेलाडीसँगको सामान्य ट्याकलको क्रममा पनि निकै ठूलो चोट लागे जसरी लड्ने गरेको र सानो कुराको ठूलो प्रतिक्रिया देखाउने गरेको भन्ने आरोप छ ।

सामाजिक सञ्जालमा त नेइमारको यो व्यवहारलाई नाटकको संज्ञा दिँदै विभिन्न मेमे बनाएर मजाक उडाइएको छ । तर नेइमारले भने आफूले त्यस्तै नगरेको बताएका छन् ।

उनले भने, ‘मलाई मात्रै पीडा भएको हो ।’ अन्तिम १६ अन्तर्गत मेक्सिकोमाथि २–० को जित निकाल्ने क्रममा पनि नेइमार मैदानमा लडेका थिए ।

त्यो खेलमा २६ वर्षका नेइमारको गोलीगाँठोमा मेक्सिकोका मिगुएल लायुनले सुस्तरी छोएको जस्तो देखिएको थियो । तर नेइमारले त्यसमा ठूलै कुरा भएको जस्तो गरी मैदानमा लडे । सबैको ध्यान आफू तिर ताने ।

उनको यो व्यवहारको मेक्सिकोका प्रशिक्षकले आलोचना गरेका थिए । मेक्सिकोका प्रशिक्षक आन कार्लोस ओसोरिओले भनेका थिए, ‘नेइमारको अभिनय फुटबलका लागि राम्रो उदहारण होइन ।’

तर नेइमारले भनेका छन्, ‘त्यो निकै गम्भीर थियो, मैले नियन्त्रण गर्न सक्ने केही थिएन ।’ उनले अघि भने, ‘ममाथि अस्वभाविक रुपमा कुचियो, मलाई लाग्यो खेल भन्दा बाहिर हो । त्यो गर्न हुने थियो जस्तो लागेन ।’

मेक्सिकोले खेल अघि धेरै बोलेको र अहिले पराजित भएर घर जानु परेकाले आरोप लगाएको नेइमारको भनाई छ ।

मेक्सिकोसँगको खेलमा नेइमारले एक गोल गरे भने अर्को गोलका लागि पास मिलाए । ब्राजिलले अब जापानलाई ३–२ ले हराएर आएको बेल्जियमसँग अन्तिम ८ मा आउँदो सोमबार प्रतिस्पर्धा गर्नेछ ।