कैलालीमा नदिमा डुबेर दुई बालकको ज्यान गयो
घनश्याम पौडेल
मसुरीया, कैलाली । कैलालीको गौरीगंगा नगरपालिका बडा नं ११ शिबपुरमा आज साझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ ।
स्थानिय कटैनी नदिमा साथीहरुको साथमा नुहाउन गएका शिबपुरका हर्क भुलका ८ बर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ बर्षका छोरा अमन चौधरीको खोलामा नुहाउन गएको बेला साझँ ५ः३० बजेको समयमा डुबेर मृत्यु भएको हो ।
नदिमा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा डुबेर मुत्यु भएको हो । दुबै बालक कालिका आधारभुत बिधालय शिबपुरमा अध्ययनरत रहेका थिए । बालक डुबेको खबर थाहा पाएपछि स्थानिय युवा ध्बज बहादुर खाती, सुरेश बोगटी, सुमन राबल र विरेन्द्र कुवरले करीब १ घण्टा पछि उद्धार गरेका थिए ।
नदिमा पानी धमिलो हुनुको साथै सतह बढेको हुदा उद्धारमा कठिनाई भएको उद्धारमा खटिएका युवा खातीले जानकारी दिए । दुवै बालकको शब पोस्टमार्टनको लागी सेती अंचल अस्पताल धनगढी लगीएको इलाका प्रहरी कार्यालय मसुरीयाले जनाएको छ ।