करेण्ट लागेर चारजनाको मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

करेण्ट लागेर चारजनाको मृत्यु



डोटी : विद्युतको पोल गाड्ने क्रममा डोटी आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चारजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका जयन्द्र खड्का, वीरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन्।

करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भिर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले प्रहरी घटनास्थलतर्फ हिँडेको बताए। उनले पाँच जनालाई करेण्ट लागेको खबर आएको बताउँदै भने ‘त्यसमध्ये चार जनाको मृत्यु भइसकेको खबर छ तर पुष्टि भइसकेको छैन।’ उनले प्रहरी घटनास्थल पुग्न करिब डेढ घण्टा लाग्ने जानकारी दिए।

घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको विषयमा थप विवरण आउन बाँकी छ।