पेट्रोलियम पदार्थको अभाव - Himal Post Himal Post
  • ४ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 16 2026
Logo

पेट्रोलियम पदार्थको अभाव



बुटवल । भारतीय बजारमा पेट्रोलियम पदार्थको उतारचढाव र ढुवानी गर्ने सवारी साधन कम भएका कारण रुपन्देहीमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।

खासगरी सैनामैना नगरपालिकामा केहीदिनयतादेखि पेट्रोलियम पदार्थको अभाव हुँदा धान रोप्ने समयमा कृषकलाई ट्र्याक्टर सञ्चालन गर्नसमेत अप्ठेरो भएको सम्बद्ध कृषकले बताएका छन् ।

सैनामैनाको गैरे आयल डिस्टिब्युटर्स, सुद्धोधन गाउँपालिकाको अञ्जनी आयल स्टोर्सलगायतका पेट्रोल पम्पमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष विशाल गैरेले जिल्लामा पेट्रोलियम पदार्थको ठूलो समस्या नभएको जिकिर गर्दै केही ठाउँबाहेक अधिकांश ठाउँमा पेट्रोलियम पदार्थ पाइएको बताए ।

उन्ले पेट्रोलियम पदार्थको हाहाकार नै नभएको उल्लेख गर्दै भारतीय बजारमा आएको उतारचढाव र ढुवानी गर्ने सवारी साधनका कारण केही समस्या देखिएको हो भने ।कोषाध्यक्ष गैरेले जिल्लामा अहिले १५० ट्र्याङ्करले पेट्रोलियम पदार्थको ढुवानी गरेको जानकारी दिँदै दैनिक रुपन्देहीमा सात लाख लिटर पेट्रोलियम पदार्थ खपत हुने गरेको बताए ।

रासस