मन्त्रालयद्वारा स्तरीय विपद व्यवस्थापन गर्नसमन्वय समिति गठन

काठमाडौं । यतिबेला निरन्तर भईरहेको वर्षाका कारण देशैभरको जनजीवन प्रभावित भएको छ । यहि समयमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय स्तरीय विपद व्यवस्थापन गर्नका निम्ति समन्वय समिति गठन गरेको छ ।
देशका विभिन्न ठाउँहरुमा वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालयले स्तरीय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको छ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले दिएको जानकारी अनुसार बाढी, पहिरो र डुबानलगायतको जोखिमबारे सबै सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानी साथै अपनाउनु पर्ने आवश्यक उपायहरु बारेमा सर्तक गराउने उद्देश्यका साथ विपद व्यवस्थापन समन्वय समिति गठन गर्नु परेको जानकारी दिएका छन् ।
बाढी, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आग्रह गरेको छ ।

