आगामि आर्थिक बर्ष २०७५÷७६ मा पहिलो प्रथामिकता ढल निकास हुन्छ : अध्यक्ष बोगटी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

आगामि आर्थिक बर्ष २०७५÷७६ मा पहिलो प्रथामिकता ढल निकास हुन्छ : अध्यक्ष बोगटी



मंगल बास्कोटे

लम्की,कैैैलाली। कैलालीको लम्की चुहा नगरपालिका वडा नं.४ मा छोटो समयको अवधीमा पनि धेरै समयमा हुने काम सम्पन्न गरेको वडा नं.४ का वडा अध्यक्ष लाल बहादुर बोगटीले दाबी गर्नु भएको छ ।

संविधान जारी भएर देशले संघियतामा प्रवेश गरे पछि स्थानिय तहको निर्वाचन गत असारमा सम्पन्न भएको थियो , स्थानिय निर्वाचन पश्चात जनप्रतिनिधि भएर जनताको माझमा आएको एक वर्ष पुरा भएको छ वडा अध्यक्ष बोगटीले बताउनु भयो ।

स्थानिय तहको निर्वाचनमा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आए पनि बाकी दुई तह प्रदेश र संघीय सरकारको निर्वाचन हुन बाकी रहेको बोगटीले बताउनु भयो । साथै बोगटीले ‘ प्रदेश र संघियको चुनाव भएर पुर्णता नपाए सम्म निर्धक्क भएर कानुन बनाउने सक्ने अवस्था थिएन । वर्षको अर्धतिर आएर चुनाव सम्पन्न भएपछि कानुन बनाउने अवसर प्राप्त भयो । यो विचको अवधिमा पनि जनताले अपेक्षा गरे अनुसार काम गर्यौ ,तर प्रयाप्त मात्रमा नीति निर्माण नभएकाले नीतिगत निर्णय गरेर कार्यान्वयनमा ल्याउन निकै कठिनाई भएको थियो । तर पनि हामिले जनतका आवश्यकतालाई मध्यजर गरेर मागलाई प्राथमिकताका साथ सम्बोधन गरेका छौ । जस्तै बाटो निर्माण , ड्दो सडक दुर्घटना न्यूनीकरणका लागि अतिक्रमित राजमार्गको जमिन खाली, नाला व्यवस्थापन , ढल व्यवस्थापन , लागू औषध नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना, कृषिकलाई कृषि क्षेत्रमा अनुदान , सिचाईको व्यवस्था जस्ता मुख्य आवश्यकताललाई प्राथमिकता साथ सम्पन्न गरिएको बताउनु भयो  ।’

‘एक बर्षिय अन्तरालमा धेरै जनअपेक्ष पुरा गरिएको छ, त्यसमा पनि उल्लेख्य काम भनेको बलिया बहुउद्देश्यीय सिटि हल निर्माण गर्न प्रदेश सरकार बाट निर्णय गराउनु हो बोगटीले भन्नु भयो’ । आर्थिक बर्ष २०७४ र ७५ मा सडक निर्माण तथा ग्राभेलको कामलाई बढी महत्व दिदै लम्कीचुहा नगरपालिकामा २६५ किलोमीटर बाटो ग्राभेल तथा सडक निर्माण गरिएको छ । वडा नं.४ को हकमा कुरा गर्ने हो भने साढे ३७ किलोमीटर सडक निर्माण तथा ग्राभेल सम्पन्न गरिएको समेत अध्यक्ष बोगटीले बताउनु भयो ।

बोगटीले सडक ग्राभेल र सडक निर्माण मात्र नभएर अन्य सामाजिक विकास, कृषि ,स्वास्थ्य,शिक्षामा पनि आवश्यकताका कामहरु सम्पन्न गरिएका छन । तर अहिलेको तत्कालीन अवस्थामा सडक निर्माणको काममा नाली भत्किएर केही जनताले सास्ती भोग्नु परेको हुदा आगामि आर्थिक बर्ष २०७५÷७६मा वडा नं.४ मा ढल निकासको कामलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनु भयो। यदि ढल निकास नभएको खण्डमा वडाले यो समस्या बर्सेन झेलिरहनु पर्ने छ । सम्पन्न गरिएका विकास निर्माणका कामलाई यहि ढल व्यवस्थापनका कारणले ओझेलमा पर्ने सम्भावना पनि त्यतिकै मात्रामा रहेकाले अव बैज्ञानिक ढङ्गबाट वडा नं ४ मा ढल व्यवस्थापनका तर्फ बिशेष ध्यान दिने जानकारी दिनु भयो ।

वडा नं ४ मा खानेपानीको जटिल समस्या बिधमान रहेको सबैलाई अवगतै छ उहाँले भन्नुभयो ‘धाराको पानी बाहेकको अरु विकल्प छैन , त्यसैले यसै आर्थिक वर्षमा बलिया खानेपानीको काम नब्बे प्रतिशत सम्पन्न गरि धारा वितरणको तयारी भईरहेको छ । ‘ साथै वौद्द गुम्बा खानेपानीको काम शुरूवात हुँदै छ । जसको क्षमता ५ हजार लिटर रहने छ । खानेपानीको थप आयोजनाका लागि प्रदेश सरकार संग पनि आवश्यक बजेट विनियोजन गर्न माग गरिरहेको अध्यक्ष बोगटीले बताउनु भयो ।