मेक्सिकोबिरुद्ध र ब्राजिल: ४१औं पटक आज खल्दै, ब्राजिलको २३ जित - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

मेक्सिकोबिरुद्ध र ब्राजिल: ४१औं पटक आज खल्दै, ब्राजिलको २३ जित



रसियामा जारी फिफा विश्वकप फूटबलमा आज मेक्सिकोले पाँचपटकको विश्वविजेता ब्राजिलको सामना गर्दै छ । ब्राजिलको यो १८औं प्रिक्वार्टरफाइनल हो भने मेक्सिकोको तेस्रो हो ।

ब्राजिल समूह ‘ई’को विजेता र मेक्सिको समूह ‘एफ’को उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । समूह चरणमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १–१ को बराबरी खेलेको थियो भने कोष्टारिकालाई २–० र सर्बियालाई पनि २–० ले नै हराएको थियो ।

मेक्सिकोले समूह चरणमा जर्मनीलाई १–० र दक्षिण कोरियालाई २–१ ले हराएको गरेको थियो भने अन्तिम खेलमा स्वीडेनसँग ३–० ले पराजित भएको थियो । ब्राजिलले हालसम्म पाँचपटक विश्वकपको उपाधि जितेको छ । सन् १९५८ मा पहिलोपटक उपाधि जितेको ब्राजिलले त्यसपछि सन् १९६२, १९७०, १९९४ र २००२ मा उपाधि हात पारेको छ । मेक्सिको भने सन् १९७० र १९८६ मा दुईपटक क्वाटरफाइनलसम्म पुगेको छ ।

यसअघि मेक्सिको र ब्राजिल ४० पटक आपसमा भिडेका छन्, जसमध्ये ब्राजिलले २३ पटक जितेको छ भने मेक्सिकोले १० पटक जित हात पारेको छ । ७ खेल बराबरीमा सकिएको छ । विश्वकपमा भने यो यी दुईको पाँचौं खेल हो । सन् १९५०, १९५४ र १९६२ को विश्वकपमा मेक्सिको ब्राजिलसँग पराजित भएको थियो भने सन् २०१४ मा यी दुईले बराबरी खेलेका थिए ।