रुसले रोक्यो स्पेनको विश्वकप यात्रा - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

रुसले रोक्यो स्पेनको विश्वकप यात्रा



मस्को– पुर्व विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। टाइब्रेकरमा रुसले स्पेनलाई ४-३ गोलले हरायो।

टाइब्नेकरमा स्पेनका आन्द्रेस इनियस्टा, जेर्रार्ड पिके, सर्जियो रामोसले गोल गरे । कोके र आसपासले भने गर्न सकेनन्। रुसका फेदोर स्मोलोभ, सर्गी इग्नासेभिच, गोलोभिन, चेरिसेभले गोल गरे। टाइब्रेकरमा स्पेनको तेस्रो र पाँचौं प्रहार गोल हुन सकेन। रुसका भने सबै चार प्रहार गोल भएपछि अन्तिम प्रहार गर्नुअघि नै विजेता बनेको हो।

रुसका गोलरक्षक इगोर अकिनफिभले खेलभर शानदार प्रदर्शन गरे। निर्धारित तथा अतिरिक्त समयमा आधा दर्जनभन्दा बढी आक्रमण बचाउँदै टोलीको संकट टारेका अकिफिभले टाइब्रेकरमा दुई वटा आक्रमणलाई विफल बनाएका थिए। बलिया टोलीहरु जर्मनी, अर्जेन्टिना, पोर्चुगलपछि स्पेन पनि बाहिरिएको हो।

यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिईएको थियो।

यसअघि निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १/१ गोल भएपछि ३० मिनेट थपिएको थियो। आत्माघाति गोलमा पछि परेको रुस पेनाल्टी पाएपछि खेल १–१ गोलको बराबरीमा ल्याएको थियो।

डिबक्सभित्र डिफेन्डर जेरार्ड पिकेको हातमा बल लागेपछि रुसले पेनाल्टी पाएको थियो ।

आर्टिम ज्युवाले ४२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै स्पेनको अग्रता तोडेका हुन् ।

त्यसअघि सर्गी इग्नासेभिचले १२ औं मिनेटमा बल क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो। आसेन्सियोको फ्रिकिकलाई उनले सिक्स यार्ड सर्कलबाट क्लियर गर्ने प्रयाश गरेका थिए।

जारी प्रतियोगितामा यसअघि भएका दुई खेल भने ९० मिनेट समयमै सकिएका थिए।