उद्देश्यप्रति गम्भीर भई जिम्मेवारी पूरा गर्न खनालको निर्देशन - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

उद्देश्यप्रति गम्भीर भई जिम्मेवारी पूरा गर्न खनालको निर्देशन



काठमाडौं | आईतबार पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको उद्देश्यप्रति गम्भीर भएर तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका प्राविधिक प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती भएका प्रहरी अधिकृतहरु लाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन निर्देशन दिएका हुन् ।

प्रहरीले सम्पादन गरेको काम, अनुभव र अन्य मूल्याङ्नको आधारमा वृत्ति विकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने समेत उनले जानकारी दिए । नेपाल प्रहरीमा प्राविधिकको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको भन्दै खनालले व्यावसायिक रुपमा इमान्दार र कर्तव्यनिष्ठ भई सन्तुष्टीका साथ काम गर्न पदोन्नती भएका सबैलाई निर्देशन दिएका छन् ।

-फाइल तस्विर