गुड नेवर्शको सहयोगमा बर्दगोरिया गाउपालिका- ६ मा बर्थिङ सेन्टर निर्माण
पदम ओझा / बौनिया,कैलाली ।
कैलालीको बर्दगोरिया गाउपालिका वडा नं ६ मा सुबिधा सम्पन्न वर्थिङ सेन्टर संचालनमा आएको छ । गुड नेवर्श इन्टरनेसनल नेपालको आर्थिक सहयोग ,सेवक नेपालको कार्यान्वयन ,बर्दगोरिया गाउपालिकाको समन्वय र कोटातुल्सिपुर स्वास्थ्य चौकिको अगुवाई मा उक्त बर्थिङ सेन्टर संचालनमा आएको हो ।
वर्थिङ सेन्टर मा गुड नेवर्शको ७ लाख,९७ हजार,नौ सय ६७ रुपया,बर्दगोरिया गाउपालिका वडा नं ६ को २० हजार र १ लाख ८७ हजार २ सय ७९ रुपैया समुदाय को लागत गरि जम्मा १० लाख लागतमा उक्त वर्थिङ सेन्टरको निर्माण कार्य सम्पन्न भएको हो । सो वडामा वर्थिङ सेन्टर निर्माण हुदा गाउपालिकाका गर्भवति महिलाहरुले लाभ लिने वडा न ६ का अध्यक्ष रामकृष्ण चौधरिले जानकारी दिए । बर्थिङ सेन्टर नहुदा यस क्षेत्र का बासिन्दाले कहिले धनगढी त कहिले नेपालगन्ज धाउनु पर्ने बाध्यता थियो ।
बर्थिङ सेन्टर बने पछि यस क्षेत्रका जन्तामा हौसला,खुशी छाएको छ । बर्थिङ सेन्टर नहुदा धेरै समस्या थियो वडा अध्यक्ष चौधरिले भने । साबिक कोटातुल्सिपुर गाबिसको कोटातुल्सिपुर स्वास्थ्य चौकिमा लागानी गरेर बर्थिङ सेन्टर निर्माण गरिदिएकोमा गुड नेवर्शलाई चौधरिले धन्यवाद दिए। उक्त बर्थिङ सेन्टरको उद्घाटन यहि असार १० गते भएको थियो । सो बर्थिङ सेन्टरको उद्घाटन भएपछि अहिले सम्म २ जना महिलाले नवजात शिसुलाई जन्म दिएका छन । पहिला अन्यत्र जानु पर्ने समस्या थियो ,अब उक्त बर्थिङ सेन्टर बन्दा आफुहरु खुशी भएको महिलाहरुले बताउने गरेका छन ।