पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह छन: डा. केसी - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

पहिले एउटा राजा थिए, अहिले धेरै बादशाह छन: डा. केसी



अध्यादेशमा रहेको महत्वपूर्ण कुरा हटाउने सरकारको निर्णय हामीलाई कुनै पनि हालतमा मान्य छैन । मैले आजबाटै प्रहरी हिरासतबाटै अनशन सुरु गरेको छु ।

मेरो यो माग पूरा नहुँदासम्म म लडिरहन्छु । जनताको मत लिएर उनीहरूमाथि नै बेइमानी गरिएको छ । एकातिर सरकारी स्वास्थ्य संस्थाहरू धराशयी बनाइँदै छ, अर्कोतिर जथाभावी निजी मेडिकल कलेज र स्वास्थ्य संस्थालाई प्रोत्साहित गरिँदै छ ।

पहिला एउटा राजा थिए, अहिले धेरै बादशाह जन्मिए । तर, मेरो भनाइ छ, ‘यो लोकतन्त्र हो, कम्तीमा बोल्न र अनशन बस्न देऊ ।’ नयाँ पत्रिकाबाट ।