सभामुख र उपसभामुख फेर्ने ! - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

सभामुख र उपसभामुख फेर्ने !



काठमाडाैं : सभामुख र उपसभामुख फरक फरक दलका प्रतिनिधि हुनु पर्ने भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रतिनिधीसभा बैठकमा पटक–पटक उठाएको छ।

सत्तारुढ दल नेकपाले भने निर्वाचन गर्दा फरक–फरक दलको प्रतिनिधी हुनु पर्ने र त्यसवेला एमाले र माओवादी फरक दल नै रहेकाले सभामुख र उपसभामुख परिवर्तन गर्नु नपर्ने बताउँदै आएको छ।

सभामुख र उपसभामुख एउटै दलको भएकाले संविधानअनुसार फरक दलको बनाइनु पर्ने भन्दै अधिवत्ता अच्युतप्रसाद खरेलले गत जेठमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको खबर नयाँ पत्रिका दैनिकमा छ।

१४ जेठमा सर्वोच्च अदालका न्यायाधीश बममकुर श्रेष्ठले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेका थिए।