अर्जेन्टिना घर फर्कियो, फ्रान्स क्वाटरफाइनलमा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

अर्जेन्टिना घर फर्कियो, फ्रान्स क्वाटरफाइनलमा



मस्को – पुर्वविजेता फ्रान्स  विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। नकआउट चरणको पहिलो खेलमा फ्रान्सले साविक उपविजेता अर्जेन्टिनालाई ४-३ गोलले हरायो। फ्रान्सको जितमा केलिन एमबाप्पेले दुई तथा एन्टोइन ग्रिजम्यान र बेन्जामिन पाभार्डले एक एक गोल गरे। अर्जेन्टिनाका सर्जियो एगुएरो,एन्जेल डी मारिया र गाब्रियल मार्काडोले एक एक गोल गरे।

खेलमा सुरुवाती अग्रता लिएको फ्रान्स ५६ औं मिनेटसम्म २-१ गोलले पछाडि थियो। तर त्यसपछि १२ मिनेटको अन्तरमा तीन गोल थप्यो। पाभार्डले ५७ तथा एमबाप्पेले ६४ र ६८ औं मिनेटमा गोल गरे।

यसअघि  फ्रान्सका एन्टोइन ग्रिजम्यानले १४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। अर्जेन्टिनाले ४१ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए।

एन्जेल डि मारियाले पाभोनको  पासमा डीबक्सबाहिरबाट दोस्रो बार च्यापेर गरेको प्रहार गोल भएको थियो। ४८ औं मिनेटमा गाब्रियल मर्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ गोलले अगाडि बढाएका थिए।  लियोनल मेसीले डिबक्सभित्रबाट गरेको प्रहार मर्काडोको खुट्टामा लागेर गोल भएको थियो।

एगुएरोले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेपनि टोलीको हार टार्न सकेनन्। विश्वकपपछि सन्याश लिने बताईसकेका अर्जेन्टिनाका मेसी विश्वकप उपाधिबिहिन बनेका छन्। उनले सिनियर राष्ट्रिय टोलीका लागि उपाधि जित्न सकेनन्।