विश्वकप: फ्रान्सको १३ औं मिनेटमा पहिलो गोल - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

विश्वकप: फ्रान्सको १३ औं मिनेटमा पहिलो गोल



 

रसियामा जारी विश्वकपमा अर्जेन्टिना बिरुद्धको खेलमा फ्रान्सले पहिलो गोल गरेको छ । खेलको १३औं मिनेटमा फ्रान्सले पेनाल्टी पाएपछि ग्रिजम्यानले गोल गरेका हुन ।

२० औं मिनेटमा पगुवाले पाएको फ्रीकिक मा भने गोल बनाउन सकेनन ।

खेलको पहिलो हाफ जारी रहँदा फ्रान्स १-० गोलले अगाडि छ। एन्टोइन ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे । केलिन एमबाप्पेलाई डिबक्सभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो।

समूहगत चरणमा फ्रान्सले दुई जित र एक बराबरीको नतिजा निकालेर अपराजित रहँदै दोस्रो चरण पुगेको हो।

फ्रान्स समूह विजेता बनेको थियो। पहिलो खेलमा अस्ट्रेलियालाई २-१ गोलले हराएको फ्रान्सले दोस्रो खेलमा पेरुलाई १-० गोलले पराजित गरेको थियो भने तेस्रो तथा अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो।