डा.भट्टराईको प्रश्न - 'समाजवाद भनेको निषेध हो ?' - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

डा.भट्टराईको प्रश्न – ‘समाजवाद भनेको निषेध हो ?’



नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विरोध र विद्रोह गर्ने अधिकार नै माक्र्सवादको गुदी कुरा भएको बताएका छन्।

सरकारले राजधानी काठमाडौँ विभिन्न स्थलमा प्रदर्शनमा रोक लगाएपछि पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत त्यसको विरोध गरेका छन्।

उनले विरोध ठाउँ र तरिका तोकेर सरकारले आफ्ना लागि आफैँ खाल्डो खनेको आरोप लगाएका छन्।

‘समाजवाद भनेको अझ उन्नत लोकतन्त्र हो, लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो’, उनले लेखेका छन्, ‘विरोध गर्ने र सत्ता विरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो।हाम्रा पूर्व कमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन्?’

समाजवाद भनेको अझ उन्नत लोकतन्त्र होस लोकतन्त्रको थप विस्तारीकरण र सवलीकरण हो! विरोध गर्ने र सत्ता विरूद्ध विद्रोह गर्ने अधिकार नै मार्क्सवादको गुदी कुरा हो।हाम्रा पूर्व कमरेडहरूले सत्तामा पुग्ने वित्तिकै विरोध गर्ने ठाउँ र तरिका तोक्ने दुस्साहस गरेर किन आफ्नो खाल्डो आफै खन्दैछन्?