अर्जेन्टिना भर्सेस फ्रान्स: इतिहासका दर्जन संयोग - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अर्जेन्टिना भर्सेस फ्रान्स: इतिहासका दर्जन संयोग



रसिया विश्वकपको नकअाउट चरणको पहिलो खेलमा अाज साँझ पौने ८ बजे अर्जेन्टिना र फ्रान्स भिड्दैछन्।

जित्ने टोली क्वार्टरफाइनलमा पुग्नेछ भने हार्ने टोली घर फर्कनेछ। यस खेलका केही तथ्यहरु यस्ता छन्:

इतिहास

  • फ्रान्स र अर्जेन्टिना यसअघि ११ पटक आमने सामने भएका छन्। जसमा अर्जेन्टिनाले ६ पटक जितेको छ भने फ्रान्सले २ पटकमात्रै जित्न सकेको छ। बाँकी तीन खेलहरु बराबरीमा टुंगिएका छन्।
  • ११ मध्ये ८ खेलमा अर्जेन्टिनाले फ्रान्सलाई आफ्नो पोस्टमा गोल गर्न समेत दिएको छैन्।
  • विश्वकपमा भएका दुई प्रतिस्पर्धामध्ये दुईवटा मै अर्जेन्टिनाले जित हात पारेको छ। १९३० मा अर्जेन्टिनाले १–०ले पराजित गरेको थियो भने १९७८ मा २–१ले पराजित गरेको थियो।
  • १९३० मा अर्जेन्टिना फाइनलमा पुगेपछि उपविजेता बनेको थियो भने १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि उचालेको थियो।
  • विश्वकपका अन्तिम पटक त्यही १९७८ मा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले फ्रान्सलाई पराजित गरेको हो। त्यसपछि फ्रान्सले यी क्षेत्रका टोलीसँग खेलेको ८ खेलमा पराजय बेहोरेको छैन्। चारमा जित हात पारेको छ भने चार खेल बराबरीमा रोकिएका छन्।
  • पछिल्ला १३ विश्वकप खेल्दा अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको यो १२ औं पटक हो। २००२ मा भने उसले समूह चरण कटाउन सकेको थिएन्।
  • १९८६ बाट राउण्ड अफ १६ को सुरुवात भएयता फ्रान्सले चारपटक अन्तिम १६ मा स्थान बनाएको छ। उनीहरुले १९८६, १९९८, २००६ र २०१४ मा समूह चरण पार गरेका थिए।
  • विश्वकपको नकआउट चरणमा मेस्सीले आजसम्म गोल गर्न सकेका छैनन्। नकआउट चरणमा ६६६ मिनेट खेलेपनि उनको नाममा शुन्य गोल छ। फ्रान्सविरुद्ध अन्तिम गोल गर्ने अर्जेन्टिनी खेलाडी भने मेस्सी हुन्। उनले २००९ फ्रेब्रुअरीमा भएको मैत्रीपूर्ण खेलमा फ्रान्सविरुद्ध २–० को जित हात पार्दा गोल गरेका थिए।
  • डियगो म्याराडोना र गाब्रिअल बाटिस्टापछि अर्जेन्टिनाबाट लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी मेस्सी हुन्।
  • फ्रान्सका स्टार ओलिभर गिराउडले ठूला प्रतियोगिता(विश्वकप र युरोकप)मा पछिल्ला ३५७ मिनेट यता गोल गर्न सकेका छैनन्। उनले अन्तिम पटक २०१६ को क्वार्टरफाइनलमा आइसल्याण्डविरुद्ध गोल गरेका थिए। यस विश्वकपमा २०० मिनेट मैदानमा विताइसकेपछि उनीबाट कुनै गोल हुन सकेको छैन्।