अबको ५ वर्षमा अरु कम्युनिष्ट पार्टी रहन्नन्: योगेश भट्टराई - Himal Post Himal Post
  • ८ माघ २०८१, मंगलवार
  •      Tue Jan 21 2025
Logo

अबको ५ वर्षमा अरु कम्युनिष्ट पार्टी रहन्नन्: योगेश भट्टराई



झापा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ । अबको पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुनेछ ।’

उनले दुई ठूला कम्युनिष्ट पार्टी एक भइसकेकाले अब साना कम्युनिष्ट पार्टीलाई पनि एकताको मूलधारमा ल्याइने उल्लेख गरे । भट्टराईले राष्ट्रिय दल बन्नका लागि समानुपातिकबाट तीन प्रतिशत र प्रत्यक्षबाट एउटा सिट जित्ने भएकाले साना दललाई मिल्नुको विकल्प नभएको बताए ।

‘अब नेपालको राजनीति वामपन्थी र गैरवामपन्थी कित्तामा विभाजन हुन्छ । मुलुकको राजनीति अब सही दिशामा जाँदैछ, स्वस्थ प्रतिस्पर्धा हुन्छ, भट्टराईले भने ।

उनले अबको तीन महिनाभित्र केन्द्रदेखि जिल्लासम्म सबै जनवर्गीय संगठनबीच एकता भइसक्ने बताए । ‘बताउँदै उहाँले सातै प्रदेशमा एकता गर्न कार्यदल बनिसकेको छ । तीन महिनाभित्र एकताको काम सकिन्छ, यो वर्षको दशैँ एकताको दशैँका रुपमा मनाउँछौँ, उनले भने ।