विवेकशील साझाका संयोजक लगायत नौं जना पक्राउ - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

विवेकशील साझाका संयोजक लगायत नौं जना पक्राउ



काठमाडौं । माइतार मण्डलाबाट अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै प्रर्दशनमा उत्रेकालाई प्रहरीले पक्राउ गरेको छ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेको विरोधमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनमा पुगेकाहरुमाथि प्रहरीले धरपकड गरेको हो । शनिबार मण्डला नजिक भेला भएका प्रर्दशनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले १० जना प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ । विरोध प्रर्दशनका लागि भेला हुने स्थानमा प्रहरीहरु नै बसेपछि प्रर्दशनकारीले माईतिघर मण्डलाभन्दा बाहिरपट्टिको पेटीबाट सरकारको निर्णय विरुद्ध नाराबाजी सुरु गरेका थिए ।

अभिव्यक्ति स्वन्त्रताको रक्षा गर , नागरिक अधिकार जिन्दावाद भन्ने नाराका साथ प्रदर्शन शुरु गर्न थालेका प्रदर्शनकारीलाई प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको हो । प्रहरीको प्रदर्शनकारीलाई धरपकड गरेपनि अभिव्यक्ति स्वतन्त्रताको रक्षाको माग गर्दै मण्डला पुगेका विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आमसर्वसाधरणको भावना अभिव्यक्ति गर्ने स्थान बनिसकेको माईतिघर मण्डलामा प्रर्दशन गर्न रोक लगाएर सरकारले अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् । सरकार आफ्नो निर्णयबाट पछि नहटे माईतिघर मण्डलालाई नै केन्द्रमा राखेर सरकारको विरोध गर्ने चेतावनी पनि मिश्रले दिएका छन् ।