एक्कासी सलमानको फिल्मको नाम फेरियो, किन ? - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

एक्कासी सलमानको फिल्मको नाम फेरियो, किन ?



काठमाडौं । अली अब्बासको निर्देशनमा बँन्न गैरहेको सलमान खानको नयाँ फिल्मको धेरैजसो काम परिर्वत हुने खबरले चर्चा बटुलिरहेको छ ।

पछिल्लो समयको ताजा जानकारी अनुसार फिल्मको नाम भारत नराखेर हिन्दुस्थान राखिने भएको छ । बढि बजेटको भनेर सामाचार आए पनि अब लण्डनमा गर्ने भनेको फिल्मको छायाङ्कन पनि अब भारतमै गरिने भएको छ ।

पञ्जावमा छायाङकन गरिनेबारे जानकारी लिनखोज्दा फिल्मका निर्देशक अलीले अहिल्यै केही भन्न नमिल्ने जानकारी दिएका छन ।सलमान खान, प्रियंका चोपडा र दिसा पटानिको मुख्य भुमिका रहने भनेको यो फिल्म २०१९ को ईदको मौकामा प्रदर्शनको मिति तोकिएको थियो । सलमान खानको सबैभन्दा धेरै लगानीमा बन्न गैरहेको यो फिल्म कोरियन फिल्मको रिमेकमा आधारित हुने कुरा पनि बताएका छन ।
२०१४ मा आएको कोरियन फिल्म ‘अड टु माइ फादर’ मा आधारित यो फिल्म स्वतन्त्र भारतको बिषयसंग एतिहाँसिक कहानिलाई जोडेर बन्न गैरहेको छ ।