नागढुंगाबाट तीन किलो सुन सहित दुई जना पक्राउ - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

नागढुंगाबाट तीन किलो सुन सहित दुई जना पक्राउ



काठमाडौं । प्रहरीले तीन किलोग्राम सुनसहित २ जनालाई काठमाडौंको नागढुङगाबाट पक्राउ गरेको छ ।

काठमाडौंका प्रहरी प्रमुख विश्वराज पोखरले दिएको जानकारी अनुसार शनिबार बिहान काठमाडौंबाट कञ्चनपुरतर्फ गैरहेको युके ०२४६४ नम्बरको भारतीय नम्बर प्लेटको जीपबाट उक्त परिमाणको सुन बरामद गरिएको हो ।

भारतीय नागरिक दीपक मौरी र नेपाली नागरिक मनोज जिकलाई प्रहरीले सुन सहित पक्राउ गरेको छ ।