दिपक मनाङे सर्वोच्च पुगे, के होलान त रिहा ?

काठमाडौं | प्रदेशसभामा प्रत्यक्ष रुपमा मनाङबाट विजयी भएर सांसदको सपथ लिन नपाई कर्तव्य ज्यानमुद्दामा कारागार चलान गरिएका राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च अदालतले उनको मुद्दामा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।
यसअघि उच्च अदालतले गरेको फैसला र सर्वोच्चले सदर गरेको फैसला न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले मगाएको छ । अर्को सुनुवाइमा उनलाई धरौटीमा छोड्ने वा नछोड्ने विषयमा निर्णय हुने जानकारी सर्वोच्चले सुनाउने छ । मुद्दाको अन्तिम फैसला गर्दा सर्वोच्चले मनाङेलाई सफाइ दिने वा यसअघि कै निर्णय सदर गर्ने भन्ने तय गर्ने जानकारी प्राप्त भएको छ ।
अदालती बन्दोबस्तीको १९४ को सुविधाअनुसार उनले धरौटी बुझाएर थुनाबाहिर रही मुद्दाको पुनरावेदन गर्नसमेत माग गरेका छन्। मनाङेको पक्षमा फैसाला भए उनी छुटनेछन नत्र उनले ३ वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

