अझै रोकिएन अवैध सुन तस्करी

काठमाडौं । सुन तस्किरी बारेमा दैनिक विभिन्न खबरहरु आइरहँदा फेरि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट अवैध १ सय ग्रम सुनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । साढे ३३ केजी सुन तस्करी प्रकरणबाट तस्करीका बारेमा विशेष सरकारी समितिले अनुसन्धान गरिरहेकै वेला अवैध सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
विमानस्थलको भन्सार छलेर ल्याइएको १ सय ग्राम सुनसहित जितवनको गौंडा–१ घर भइ हाल काठमाडौंको मण्डिखाटार बस्ने ४३ वर्षीय पूर्णबहादुर गुरुङलाई महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको हो । उनीलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।
सुन सहित उनको साथबाट विभिन्न कम्पनीको ४ वटा ल्यापटप पनि बरामद गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । वीरगञ्जबाट पनि एक किलो सुनसहित यसअघि पनि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।
-फाइल तस्विर

