एकै दिनमा ३ शव फेला - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

एकै दिनमा ३ शव फेला



गुल्मी | शुक्रबार गुल्मी जिल्लाका विभिन्न ठाउँमामा २ महिलासहित ३ जनाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका ८ वामी काँडेबासमा अन्दाजी ५० वर्षीय महिला तथा कालिगण्डकी गाउँपालिका ४ स्थित कालिगण्डकी नदी किनारमा टाउको छिनेको अवस्थामा अर्की एक महिलाको शव फेला परेको हो । त्यस्तै चन्द्रकोट गाउँपालिका शान्तिपुर बजारमा ४७ वर्षीय विष्णु पौडेलको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार अहिले ३ वटै शवको जिल्ला अस्पताल तम्घासमा पोष्टमार्टम भैरहेको छ । घटनाबारे थप अनुसन्धान पनि भैरहेको प्रहरीले जनाएको छ ।