आर्थिक अनुशासनप्रति राष्ट्रपतिको चिन्ता - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

आर्थिक अनुशासनप्रति राष्ट्रपतिको चिन्ता



काठमाडौं || शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ती समारोहमा बोल्दै राष्ट्रपति विद्या भण्डारीले मुलुकमा आर्थिक अनुशासनहिनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् । आर्थिक अनुशासनहिनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको पनि राष्ट्रपति भण्डारीले गम्भिर ध्यानाकर्षण गराइन् ।

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा औंल्याइएको टिप्पणी सम्बोधन गर्न सरकार र संघीय संसदले ढिलाई गर्न नहुनेमा पनि भण्डारीले जोड दिइन् ।

आर्थिक अनुशासनमा हुने ह्रासले मुलुकलाई समृद्ध बनाउने अभियानमा ह्रास ल्याउने बताउदै त्यसतर्फ सबैको ध्यान हुनुपर्ने कुरा उनले व्यक्त गरिन् । जनताको चाहना अनुसार लेखा परीक्षणको कार्यलाई अझै प्रभावकारी र परिणाममुखि बनाउन महालेखा परीक्षकको कार्यालय सबल र सक्षम हुँदै जाने विश्वास पनि भण्डारीले व्यक्त गरिन् ।