विश्वकपको प्रि क्वार्टर फाइनल र फाइनल भिडन्त यस्तो छ !
काठमाण्डौ । रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकपमा समूह चरणका सबै खेलहरु समाप्त भइसकेका छन् । कूल ४८ खेल भइसकेपछि उपाधि होडमा रहेको ३२ टिम घटेर १६ पुगेको छ ।
रसियामा विश्वकप खेल्न गएका ३२ मध्ये १६ टिमको चुनौती समूह चरणबाटै सकिएको छ र घर फर्किदैछन् । बाँकी १६ टिम समूह चरण पार गर्दै उपाधि होडमा लम्किरहेका छन् ।
यस्तो छ प्रि क्वार्टरफाइनलका खेलहरु
प्रि क्वाटरफाइनल खेलहरु
असार १६ : समूह सी विजेता (फ्रान्स) भर्सेस समूह डी उपविजेता (अर्जेन्टिना) – ७:४५ बजे
असार १६ : समूह ए विजेता (उरुग्वे) भर्सेस समूह बी उपविजेता (पोर्चुगल) – ११:४५ बजे
असार १७ : समूह बी विजेता (स्पेन) भर्सेस समूह ए उपविजेता (रसिया) – ७:४५ बजे
असार १७ : समूह डी विजेता (क्रोसिया) भर्सेस समूह सी उपविजेता (डेनमार्क) – ११:४५ बजे
असार १८ : समूह ई विजेता (ब्राजिल) भर्सेस समूह एफ उपविजेता (मेक्सिको) – ७:४५ बजे
असार १८ : समूह जि विजेता (बेल्जियम) भर्सेस समूह एच उपविजेता (जापान) – ११:४५ बजे
असार १९ : समूह एफ विजेता (स्वीडेन) भर्सेस समूह ई उपविजेता (स्वीट्जरल्याण्ड) – ७:४५ बजे
असार १९ : समूह एच विजेता (कोलम्बिया) भर्सेस समूह जी उपविजेता (इंगल्याण्ड)- ११:४५ बजे
क्वाटरफाइनल
असार २२ गते : प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता – ७:४५ बजे
असार २२ गते : प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता – ११:४५ बजे
असार २३ गते : प्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता – ७:४५ बजे
असार २३ गते : प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता – ११:४५ बजे
सेमिफाइनल
असार २६ गते : क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता – ११:४५ बजे
असार २७ गते : क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता – ११:४५ बजे
असार ३० गते, तेस्रो स्थान
सेमिफाइनलमा पराजित दुई टोली – ७:४५ बजे
असार ३१ गते, फाइनल
सेमिफाइनलमा विजेता दुई टोली – ८:४५ बजे
समूह चरणमा जित मात्र नभई बराबरी र हारको नतिजाले पनि अघिल्लो चरण प्रवेशको समिकरण बदल्ने भए पनि प्रिक्वाटरफाइनलदेखि भने नकआउट चरण लागु हुनेछ । जहाँबाट जित्ने टिम उपाधि होडमा अगाडि बढ्दै जानेछ भने हार्ने टिम घर पर्कनेछ ।