वनजंगल रहेमात्र मानव जिवन सुरक्षित रहन्छ : मन्त्री भट्ट
धनबहादुर बिक
पुनर्वास,कञ्चनपुर । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा बिहीबार कञ्चनपुर जिल्ला को दक्षिणी क्षेत्र अन्तर्गत कुण्डा सेक्टर वन कार्यालयले लालझाडी वन क्षेत्रमा बृक्षारोपण कार्यक्रम गरेको छ । लालझाडी गाउपालीका १ बिनवारी सामुदायिक वनमा करिब १० हेक्टर क्षेत्रफलमा ७५ हजार बिरुवा रोप्ने कार्यक्रम अन्तर्गत जिल्ला वनले एक कार्यक्रमको अायोजना गरि बृहत बृक्षारोपण कार्यको सुरुवात गरेको छ ।
उक्त बृक्षारोपण कार्यक्रममा प्रदेश नम्बर ७ वन वातावरण पर्यटन तथा उधोग मन्त्री माया भट्ट ले बृक्षारोपण गरि उद्घाटन गर्नुभएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री भट्ट ले भन्नुभयो वन जंगल मानव जिवनको लागि अमुल्य अाधार रहेकोले बृक्षारोपण गरि वन जंगल संरक्षणमा जोड दिनु अाजको अपरिहार्य रहेको छ र एक घर पाँच बिरुवा लगाउने प्रदेश सरकारको लक्ष्य रहेको छ र यसका लागि सरकारले अार्थिक बर्ष ७५/ ७६ को निति तथा कार्यक्रममा समेत योजना ल्याईसकेको मन्त्री भट्ट ले बताउनु भयो ।
वनजंगल रहे मात्र हाम्रो जीवन सुरक्षित रहन्छ त्यसैले वातावरण जोगाउन वन जंगल चाहिन्छ र वनजंगल जोगाउन सबैले सकारात्मक सोंचमा परिवर्तन ल्याउनु पर्छ मन्त्री भट्ट ले जोड दिनुभयो । वन तथा वातावरण स्वच्छ र संरक्षण गर्न तिनवटै तहका सरकारले एकढिक्का भएर अघिबढ्नुपर्ने मन्त्री भट्ट ले धारणा व्यक्त गर्नु भयो ।
यस्तै जिल्ला वन अधिकृत शिव प्रशाद शर्माले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै राष्ट्रिय बृक्षारोपण कार्यक्रम देशैभरी मनाउने क्रममा कञ्चनपुरमा पनि बृक्षारोपण गरि मनाईएको जानकारी गराउदै भन्नुभयो अब परम्परागत खेती बाली लगाउनु भन्दा बहुमुल्य बिरुवा उत्पादन गर्नु उपयुक्त हुन्छ । यद्यपि केहिदिनयता हुर्किदै गरेका बिरुवा बिनाश गरि अतिक्रमण गर्दै बस्ति बसाउने क्रियाकलाप बढेको छ यस्तो कार्य वनकार्यालय तथा सरकारलाई स्विकार्य हुने छैन त्यस्ता व्यक्ति हरू समाजका कलङ्क हुन सक्छन् र कार्वाही का भागिदार पनि स्वयम् हुनेछन् । वन जंगल जोगाउनु हामी सबै को कर्तव्य हो भन्ने सोंच राख्नु पर्ने जिल्ला वन अधिकृत शर्माले बताउनु भयो । स्ता
यसैगरी लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन बडाएकले भन्नुभयो बन जंगल जोगाउनु र खाली स्थानमा बिरुवा लगाउनु हामी सबैको दायित्व हो तर केही बर्षदेखि जंगली हातीको अातङ्कले गाउले हरू समस्या मा परेका छन यसका लागि प्रदेश सरकारले हाती अातङ्क बाट बचाउन कार्यक्रम ल्याउनु पर्ने धारणा व्यक्त गर्नुभयो । लालझाी गाउपालिका हाती अातङ्क मात्र नभई बर्सेनि अाउने बाढीबाट पनि समस्या हुने गरेको मन्त्री भट्ट को ध्यानाकर्षण गराउनु भयो ।
जिल्ला वन कार्यालयले अायोजना गरेको बृहत बृक्षारोपण कार्यक्रम का सभापति गाउपालिका अध्यक्ष मदनसेन बडायक रहनुभएको थियो भने प्रदेश नम्बर ७ माननीय वन वातावरण पर्यटन तथा उधोग मन्त्री माया भट्ट प्रमुखअतिथि रहनुभएको थियो सो अवसरमा स्थानिय दुर्गा अाधारभुत बिद्यालय का करिब दुई सय जना बिध्यार्थि शिक्षक , स्थानीय गाउले हरूले मन्त्री भट्ट को भब्यरूपमा स्वागत गरेका थिए । कार्यक्रम को सञ्चालन कुण्डा सेक्टर वन कार्यालय सहायक वन अधिकृत दिनेश यादवले गरेका थिए ।