देशको विकासको निम्ति उद्योग महत्वपुर्ण छ : मन्त्री यादव - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

देशको विकासको निम्ति उद्योग महत्वपुर्ण छ : मन्त्री यादव



भीमदत्तनगर ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग व्यवसायीलाई आग्रह गरेका छन् ।

आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे । ‘उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ’, मन्त्री यादवले भने, ‘अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।’

हरेक प्रदेशमा सरकार उद्योग स्थापना गर्न अघि बढिरेहको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखे । ‘कृषि प्रधान देश भन्छौँ रोजगारी गर्न भारत र भारतबाट चामल आयात गरिरहेका छौँ’, मन्त्री यादवले भने, ‘अहिले सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई बजेटमा प्राथमिकतामा राखेको हो ।’

मन्त्री यादवले विकासमा राजनीति गर्न नहुने भनाइ राखे । पहाडलाई सम्पत्ति बताउँदै उनले जडीबुटीको अपार खानी पहाड भएको बताए ।

कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले कञ्चनपुरको बेदकोट नगरपालिकामा स्थापना हुने प्रदेश नं ७ को दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अगाडि बढाउन, महाकाली नदीमा चार लेनको पुल निर्माण हुन्जेल शारदा ब्यारेज ९बनबासा पुल० १२ घण्टा सञ्चालन गराउन पहल गर्न, गड्डाचौकीमा अध्यागमन कार्यालय स्थापना गर्न लगायतका माग गरे ।