ललितपुर सातदोबाटोमा आगलागि, लाखौंको क्षति - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

ललितपुर सातदोबाटोमा आगलागि, लाखौंको क्षति



ललितपुर । ललितपुर सातदोवाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ ।

दिउँसो साढे ११ बजेतिर सातदोवाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो ।

टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना पनि जलेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए । आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ ।

प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।

-फाइल तस्विर