ललितपुर सातदोबाटोमा आगलागि, लाखौंको क्षति

ललितपुर । ललितपुर सातदोवाटोमा रहेको एक रङ पसलको गोदाममा आगलागी भएको छ ।
दिउँसो साढे ११ बजेतिर सातदोवाटोस्थित दिनेश पण्डितको जग्गामा रहेको टहरामा रहेको रमेश व्यञ्जनकारको रङको गोदाममा आगलागी भएको हो ।
टहराभित्र रहेको नसीब अन्सारीको मुर्ति कारखाना पनि जलेको महानगरीय प्रहरी वृत्त सातदोवाटोका प्रहरी निरीक्षक किरणप्रकाश मल्लले जानकारी दिए । आगलागीबाट टहरा, रङ गोदाम र मुर्ति पसलका गरी २५ लाख रुपैयाँ क्षति भएको प्रहरीको अनुमान छ ।
प्रहरी र ललितपुर महानगरपालिकाको दमकलको सहायताले आगो निभाइएको प्रहरीले जनाएको छ ।
-फाइल तस्विर

