संघीयताका लागि चित्रबहादुरभन्दा ओली खतरनाक: गगन थापा - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

संघीयताका लागि चित्रबहादुरभन्दा ओली खतरनाक: गगन थापा



काठमाडौं: प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरे।

‘यो बजेटलाई पनि फेल गर दिउँ’ थापाले भने,‘यसलाई अगाडि नबढाउ। यो वर्ष कस्तो कस्तो अयोजना छनोट गरिएको छ? सम्पन्न गरेपछि मात्र तल बुझाउनु पर्ने छ?’

थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केशी भन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाए।

‘यो बजेट प्रदेश र स्थानीय निकायमा काम लाग्दैन। यो संसद संघीयताको विरोधी बजेट देखिएको छ। केन्द्र सरकारको षड्यन्त्रलाई स्थानीय र प्रदेश सरकारले बुझ्ने छ,’ थापाले भने।
विनियोजित बजेटमाथि संसदमा छलफल जारी रहँदा सांसद खगराज अधिकारीले सार्वजनिक महत्वको विषय दर्ता गराएका छन्।

‘देशभर निर्माणधीन अवस्थामा रहेका चालु आवा २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिचाई र अन्य आयोजनाहरु सम्पन्न गरी तत् तत् प्रदेश र स्थानीय तहमा हस्तान्त्रण गर्ने व्यवस्था मिलाउन आवश्यक भएकोले’ प्रस्तावमा उल्लेख गरिएको छ।

सत्ता पक्षबाट यस्तो प्रस्ताव दर्ता भएपछि प्रतिपक्षी दलका सांसदहरु आक्रोसित भएका छन्।

सत्तारुढ दलका सांसदहरुले समर्थनमा बोल्दैछन् भने प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दैछन्।