गगन थापाले भने- बजेट, स्थानीय निकाय र संघीयता विरोधी - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

गगन थापाले भने- बजेट, स्थानीय निकाय र संघीयता विरोधी



प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन् ।

आजको प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै फेल गराउन आग्रह गरे ।

‘यो बजेटलाई पनि फेल गर दिउँ’ थापाले भने, ‘यसलाई अगाडि नबढाउ । यो वर्ष कस्तो कस्तो अयोजना छनोट गरिएको छ ? सम्पन्न गरेपछि मात्र तल बुझाउनु पर्ने छ ?’

थापाले प्रधानमन्त्री केपी शर्मा ओली चित्रबहादुर केशी भन्दा पनि बढी संघीयता विरोधी रहेको आरोप लगाए ।

‘यो बजेट प्रदेश र स्थानीय निकायमा काम लाग्दैन । यो संसद संघीयताको विरोधी बजेट देखिएको छ । केन्द्र सरकारको षड्यन्त्रलाई स्थानीय र प्रदेश सरकारले बुझ्ने छ,’ थापाले भने ।

विनियोजित बजेटमाथि संसदमा छलफल जारी रहँदा सांसद खगराज अधिकारीले सार्वजनिक महत्वको विषय दर्ता गराएका छन्।

‘देशभर निर्माणधीन अवस्थामा रहेका चालु आवा २०७५÷७६ सम्म सरकारको छनोटका खानेपानी, सडक, ढल, पुलेसा, सिचाई र अन्य आयोजनाहरु सम्पन्न गरी प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्था मिलाउन आवश्यक भएकोले’ प्रस्तावमा उल्लेख गरिएको छ ।