जर्मनी जस्तै विश्वकपबाट बाहिरिएका यी देशहरु - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

जर्मनी जस्तै विश्वकपबाट बाहिरिएका यी देशहरु



साबिक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलको समूह चरणबाटै घर फर्किन बाध्य भएको छ । समूह चरणको अन्तिम खेल अन्तर्गत बुधबार बेलुका भएको खेलमा एसियाली देश दक्षिण कोरियाले इन्जुरी समयमा गरेका दुई गोलका कारण जर्मनी समूह चरणबाटै बाहिरन बाध्य भयो ।

उसले यो विश्वकपमा एउटा खेलमा मात्रै जित्यो । दक्षिण कोरियासँगको खेलको इन्जुरी समय उसका लागि घातक बन्यो । चार वर्षअघिको विश्व विजेता जर्मनी समूह चरणबाट माथि जान सकेन ।

विश्वकपको इतिहासमा पछिल्लो चरणमा लगातार यस्तो भएको छ । सन् २०१४ को विजेता जर्मनी पछिल्लो टिम बनेको मात्रै हो । यसअघि यस्तो धेरै पटक भएको छ । अझ सन् १९९८ पछिका विश्वकपमा त लगातार जस्तै नै ।

फ्रान्सले सन् १९९८ मा विश्वकप जित्यो । चार वर्षपछि अर्थात सन् २००२ को विश्वकपमा उसले समूह चरण पार गर्न सकेन ।

यस्तै सन् २००६ मा इटाली विश्व विजेता बन्यो । तर चार वर्षपछि सन् २०१० मा भएको विश्वकपमा उसले समूह चरण भन्दा माथिको यात्रा तय गर्न सकेन ।

यस्तै सन् २०१० मा स्पेनले उपाधि उचाल्यो । तर चार वर्षपछि अर्थात २०१४ मा उसले समूह चरणका तीन खेल मात्रै खेल्न पायो ।

र अहिले आएर जर्मनीको हालत त्यस्तै भएको छ । चार वर्षअघि सानले विश्व विजेता बनेको जर्मनी चार वर्षपछि लज्जास्पद रुपमा समूह चरणबाटै घर फर्किन बाध्य भएको छ ।