धादिङबाट गयो ५ रेक्टरको भुकम्प

काठमाडौं । बिहिबार बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ ।
बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्पबाट के कति क्षति भयो त्यसको विवरण भने आउँन बाँकी छ ।

