विश्वकप: १४ टिम नकआउटमा, १५ टिम बाहिरिए
काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो चरणको प्रतिस्पर्धा अन्तिम चरणमा पुगेको छ। ६ समूहका खेल सकिएका छन् बाँकी २ समूहका खेल बिहीबार हुनेछन्।
विश्वकपमा अहिलेसम्म २९ टिमको यात्रा तय भएको छ। १५ टिम बाहिरिएका छन् भने १४ टिम अन्तिम १६ मा पुगेका छन्।
अब दोस्रो चरण पुग्ने दौडमा ३ टिम रहेका छन्। ३ मध्ये २ टिम दोस्रो चरणमा पुग्नेछन्। १ टिम बाहिरिनेछ।
बिहीबार समूह ‘जी’ र ‘एच’ का खेल हुँदैछन्। समूह ‘जी’ बाट बेल्जियम र इंग्ल्यान्ड अन्तिम १६ मा पुगिसकेका छन् भने ट्युनिसिया र पानामा बाहिरिएका छन्। बिहीबार बेल्जियम र इंग्ल्यान्डबीच समूह विजेताका लागि प्रतिस्पर्धा हुँदैछ।
यता समूह ‘एच’ मा भने रोचक भिडन्त हुँदैछ। जापान, सेनेगल र कोलम्बिया मध्ये २ टिम अन्तिम १६ मा पुग्नेछन् भने १ टिम बाहिरिनेछ। यो समूहको पोल्यान्ड भने बाहिरिसकेको छ। बिहीबार जापान र पोल्यान्ड तथा सेनेगल र कोलम्बियाबीच हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंग्गो लाग्नेछ।
अन्तिम १६ मा पुगेका टिम
रसिया, उरुग्वे, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, अर्जेन्टिना, ब्राजिल, स्विटजरल्यान्ड, स्विडेन, मेक्सिको, बेल्जियम, इंग्ल्यान्ड
बाहिरिएका टिम
साउदी अरेबिया, इजिप्ट, मोरक्को, इरान, पेरु, अस्ट्रेलिया, नाइजेरिया, आइसल्यान्ड, कोस्टारिका, सर्विया, जर्मनी, दक्षिण कोरिया, पानामा, ट्युनिसिया, पोल्यान्ड
अन्तिम १६ को खेल तालिका