अझै उद्दार भएन फुटबल खेल्न जाँदा फसेका युवतीहरुको - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अझै उद्दार भएन फुटबल खेल्न जाँदा फसेका युवतीहरुको



एजेन्सी– अविरल वर्षा र बाढीका कारण उत्तरी थाइल्याण्डको एक खोला किनारमा फसिरहेका किशोरलाई बुधबार पनि निकाल्न सकिएको छैन । उनीहरु गएको शनिबारदेखि खोला किनारभन्दा केही माथि रहेको गुफामा फसेका छन् । फुटबल खेल्न गएका १२ जना किशोर भारी वर्षाका कारण खोला बढेपछि घर फर्किन सकेका छैनन् ।

निकै अप्ठेरो ठाउँमा उनीहरु फसिरहेका छन् । उनीहरुको उद्दार कार्य जारी नै रहेको छ तर अविरल वाढीका कारण यो सम्भव हुन सकिरहेको छैन । उद्दार कार्य बुधबार पनि जारी रहेको अधिकारीहरु बताउँछन् । तर परिणाम आज पनि निराशाजनक भएको उद्दारमा खटिएका अधिकारीहरुले बताएका छन् ।

अर्को गाउँमा फुटबल हेर्न पुगेका ती बालबालिका साँझ घर फर्किने बेलामा घनघोर वर्षा भयो र बाढी आयो । त्यसपछि उनीहरु एक गुफामा छिरेका स्थानीय अधिकारीहरुको भनाई छ । उनीहरु भन्छन्– उद्दारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ तर मौसमले साथ दिएको छैन ।

म्यानमारको सीमा नजिकैको एउटा एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ । फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । उनीहरुलाई डुङ्गाको सहायताले खानेकुराहरु दिइएको छ ।

बुधबार बिहान पनि सयौँ स्थानीय र ती बालबालिकाका आफन्तले वर्षा र बाढी घट्ने प्रतिक्षा गरेर त्यो गुफाको परिपट्टि पुगेर प्रार्थना गरेका छन् । तिनका आफन्त र अभिभावकले अकासतिर हेर्दै वर्षा कम होस् भन्ने कामना गरिरहेका बताइएको छ । ती दृश्यहरु स्थानीय टेलिभिजन च्यानलले देखाएका छन् ।

उनीहरुले ती बालबालिकाको सकुसल उद्दारका लागि भगवानसँग प्रार्थना गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् ।

-एजेन्सी