सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई २ लाख जरिमाना - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

सामाजिक सञ्जाल दुरुपयोग गर्नेलाई २ लाख जरिमाना



काठमाडौं । के तपाईं फेसबुक, टुइटर जस्ता सामाजिक सञ्जाल चलाउनु हुन्छ? के तपाईंलाई यी सामाजिक सञ्जालमा कसैले ब्ल्याक मेल गरेर पैसा माग्ने जस्ता कार्यहरु गरेका छन्? यदि त्यस्तो भएको छ भने, प्रहरीलाई उजुरी गरेर अपराधीलाई कारभाहीको दायरामा ल्याउन सक्नु हुनेछ ।

सामाजिक संजालको दुरुपयोग गरी अर्काको नामको आइडी बनाई टुइटर, फेसबुक, इन्स्टाग्राम लगाएतका सामाजिक संजालमा रहेका फोटोहरु तानी त्यस्ता फोटोहरु अनधिकृत रुपमा बिगारी, अश्लिल बनाई पोष्ट गरी ईज्जत प्रतिष्ठामा आँच पुर्यारउने, अश्लिल फोटो तथा भिडियोहरु बनाई पठाउने, शेयर गर्ने, धाक धम्की दिने, दबिअफबष् िगर्ने, दवाव दिने, रकम ठगी गर्ने, रिचार्ज कार्ड माग गर्ने तथा कुनै व्यक्ति एंव संघ संस्था उपर जनमानसमा भ्रम सृजना गर्ने कुराहरु लेखी अपमान एंव गालिगलौज गरी कमेण्ट गर्ने जस्ता गतिविधि बढ्दै गएका कारण अपराध महाशाखाले त्यस्ता घटना घटेमा प्रहरीलाई निर्धक भन्न सकिने सुचना जारी गरेको छ ।

यसरी सामाजिक संजालको दुरुपयोग गरी बिद्युतिय स्वरुपमा गैह्रकानूनी कुरा प्रकाशन गर्नेलाई बिद्युतिय कारोवार (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अनुसार दुई लाख रुपैयासम्म जरिवाना वा पाँच बर्ष कैद वा दुवै सजाँय हुने व्यबस्था कानुनमा उल्लेख छ ।