कालोपुल मुन्तिर भेटियो युवतीको शव - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

कालोपुल मुन्तिर भेटियो युवतीको शव



काठमाडौं– बुधबार बिहान ६ बजे प्रहरीले काठमाडौं र ललितपुर जोड्ने टेकुको कालो पुलमुनी एक युवतीको शव फेला पारेको छ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा कडाई गरिएको दाबी गरिरहँदा कालो पुलमुनी एक युवतीको शव फेला पारेको हो ।

त्यस्तै २५ वर्षकी मंगोलियन युवतीको शव प्रहरीले टेकुको कालोपुल मुनीबाट फेला पारेको हो । बाँया हातको नाडीमा निलो मसिले आई लभ यु लेखिएको, खरानी रंगको हाफ सर्ट र कालो रंगको पाइण्ट लगाएकी युवतीको शव फेला परेको हो । युवती अन्दाजी ५ फिट ३ इञ्च उचाईकी छिन् ।

युवतीको निधारमा र टाउकोमा चोट लागेको छ । शवको प्रकृति हेर्दा हत्या पनि शवलाई बागमती नदि किनारमा फालेको सहजै थाहा पाउन सकिन्छ ।