कर्णालीमा अन्दै क्षेत्रीयस्तरको बिमानस्थल - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

कर्णालीमा अन्दै क्षेत्रीयस्तरको बिमानस्थल



कर्णाली । कर्णाली प्रदेशमा पनि क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने घोषणा सरकारले गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको जानकारी अनुसार सबै प्रदेशमा क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्र्तगत कर्णाली प्रदेशमा पनि क्षेत्रीयस्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले भौगोलिक कठिनाइ भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको कुरा उनले स्पष्ट पारे।

मन्त्री अधिकारीका अनुुसार एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य गर्न आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए ।