लागु नहुने ११/१२ मा नयाँ पाठ्यक्रम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

लागु नहुने ११/१२ मा नयाँ पाठ्यक्रम



काठमाडौं । यहीं शैक्षिक सत्रदेखि लागू हुने भनिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नहुने भएको छ । कक्षा ११ का विद्यार्थीहरुले यस वर्ष नयाँ पाठ्यक्रमको आधारमा पाठ्यपुस्तक नपाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद्मा नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि परिषदेले तत्कालका लागि परीक्षणका लागिमात्रै नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ । पाठ्यक्रम विकास केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले यस वर्ष नयाँ पाठ्यक्रम लागू नहुने बताउँदै भने, “कक्षा ११ र १२ का लागि तयार पारिएको पाठ्यक्रम हामी एक वर्ष परीक्षण गरेरमात्रै लागू गर्ने विचारले यस वर्ष लागू नगरेका हौं ।”

विभिन्न विद्यार्थी संगठनहरुले नयाँ पाठ्यक्रम परीक्षण पनि गर्न नदिने भनेर विरोध गरिरहेका छन् । कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषयलाई अनिवार्य विषयबाट हटाइएपछि विद्यालय तहको पाठ्यक्रमको पुरा स्वरुप नै विवादमा आएको थियो ।