जेष्ठ नागरिकलाई बर्दगोरियामा अभिमुखिकरण तथा सम्मान - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

जेष्ठ नागरिकलाई बर्दगोरियामा अभिमुखिकरण तथा सम्मान



पदम ओझा / बौनिया ।
जेष्ठ नागरिक हरुको जिबनयापन सम्बन्धि अभिमुखिकरण ,अनुभब आदान प्रदान तथा सम्मान कार्यक्रम वडा नं १ को सभाहलमा सम्पन्न भएको छ ।  बर्दगोरिया गाउपलिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

गाउपालिकाका ६ ओटै वडा बाट छनौट गरि जेष्ठ नागरिक हरुका लागी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको गाउपालिका अध्यक्ष बलिराम चौधरिले बताए ।
प्रत्येक वडा बाट १५ जनाका दरले ९० जना जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।पा

गाउपालिका अध्यक्ष बलिराम चौधरिको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष भगवती देवि डगौरा थारु,वडा न १ का अध्यक्ष जयरुप खतिवडा ,२ का अध्यक्ष भेखुराम चौधरी ,५ का अध्यक्ष श्याम कुमारी चौधरी लगाएत वडा सदस्य हरुको सहभागिता रहेको थियो ।

गाउपालिका अध्यक्ष चौधरिले जेष्ठ नगरिकहरुले आफुले आफ्नो जिबन यापन कसरी बिताउने र थोरै भएपनी ग्यानका कुरा सिकुन भन्ने उद्देश्यले यो कार्यक्रम को आयोजना गरिएको बताए । उहाले आफ्नो खानपिनमा र सरसफाई मा ध्यान दिन आग्रह गर्नु भयो । साथै उहाले आगमी बर्षमा अझै यो भन्दा फरक किसिमाका तलिम तथा अभिमुखिकरण संचालन गर्ने बताए ।

कार्यक्रममा जेष्ठ नागरिक भनेको केहो,जेष्ठ नागरिक को हुन,जेष्ठ नागरिकको समाजमा के आवस्यकता छ ,बुढेसकालमा हुने परिवर्तन लगाएत यावत विषयमा प्रशिक्षक गणेश बडाएकले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम को सन्चालन नासु गोबिन्द राज रेग्मिले गर्नु भएको थियो । साथै कार्यक्रममा जेष्ठ नागरिक हरुलाई गाउपालिकाले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै बेतको टेक्ने लठ्ठी बितरण गरेको छ ।