लगानी बोर्ड र राष्ट्रिय योजना आयोग खारेज गर्न सांसद सुवालको माग - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

लगानी बोर्ड र राष्ट्रिय योजना आयोग खारेज गर्न सांसद सुवालको माग



काठमाडौं । लगानी बोर्ड र राष्ट्रिय योजना आयोगको औचित्य नभएको भन्दै सांसद प्रेम सुवालले खारेजीको प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बजेट खर्च कटौतीबारेको प्रस्ताव राख्दै संसद सुवालले लगानी बोर्डले नेपालको हितभन्दा पनि विदेशको हितमा काम गर्दै आएको आरोप लगाएका छन् । उनले भने ‘लगानी बोर्ड अहिलेलाई उपयुक्त छैन’ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले अपेक्षित काम गर्न नसकेको भन्दै खारेजीको प्रस्ताव गरिएको सुवालले बताएका छन् । अहिलेसम्म मात्र १० प्रतिशत मात्र भूकम्प पिडितले घर बनाएको र अझै आठ लाख भूकम्प पीडितहरुको घर कहिले बन्छ भन्ने बारे कुनै योजना नभएर अन्योल रहेको भन्दै उक्त प्रधिकारण खारेज गर्नु उपयुक्त देखिएको सुवालले जानकारी दिए ।

सांसद सुवालले राष्ट्रिय योजना आयोगको पनि कुनै औचित्य नभएको बताए । मन्त्रीको आफ्नो खल्तीबाट योजना आउने गरेको र आयोगले कुनै नयाँ योजना ल्याउन नसकेको चर्चा गर्दै सुवालले आयोग नै खारेज गर्नुपर्ने बताए ।

”श्रीपेचबिनाको राजा जस्तै हुन् राष्ट्रपति र उपराष्ट्रपति” सुवालले भने ”सवारीका क्रममा लाखौं मान्छेलाई अलपत्र पार्ने काम उचित छैन् । यसतर्फ राष्ट्रपति र उपराष्ट्रपति कार्यालयले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ । यी कार्यालयले उल्लेखनीय काम गरेका मान्छेलाई भन्दा आफ्ना परिवारका मान्छेलाई सम्मान दिएर बदनामी भएका छन् ।