दुई मेनपावरका सञ्चालक पक्राउ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

दुई मेनपावरका सञ्चालक पक्राउ



काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारसँग सरकारले तोकेभन्दा धेरै रकम लिएको आरोपमा प्रहरीले एक मेनपावरका दुई जना सञ्चालकलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले काठमाडौंको बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालक चुडाबहादुर कार्की र खगराज दाहाललाई पक्राउ गरेको हो। ‘फ्रि भिसा फ्रि टिकट’ अन्तर्गत दस हजार मात्र लिनुपर्ने युवासँग साढे चार लाखसम्म उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

प्रहरीले सो मेनपावर कम्पनीबाट १० लाख २३ हजार रुपैयाँ नगद, २ सय ९८ वटा पासपोर्ट बरामद गरेको जनाएको छ। मलेसिया तथा युएईको अवुधावीमा सेक्युरिटी गार्डमा पठाउने भन्दै चर्को रकम उठाएको उजुरीका आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो।

उक्त मेनपावरका सञ्चालकले मलेसिया कामदार पठाउँदा १ लाख तथा युएईमा सेक्युरिटी गार्डमा पठाउँदा चार लाखसम्म रकम लिने गरेको उजुरी प्रहरीमा परेको थियो।