फुटबल खेल्न गएका १२ जना बाढीमा फसे, दुई दिनदेखि गुफामा - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

फुटबल खेल्न गएका १२ जना बाढीमा फसे, दुई दिनदेखि गुफामा



थाईल्यान्ड । उत्तरी थाइल्याडको एक गाउँमा फुटबल खेल्न गएका १२ जना बालबालिका र उनका एक प्रशिक्षक बाढीका कारण फसेका छन् ।

भारी वर्षापछि आएको बाढीको कारण उनीहरू दुई दिनदेखि एक गुफामा फसेर रहेका सोमबार सरकारी अधिकारहरले जानकारी दिएका छन् । एक गुफामा फसेका ती बालबालिकाको उद्धारको लागि सयौँ उद्धारकर्मी परिचालन गरिएको छ ।

फुटबल म्याच खेल्न गएका बालबालिका र उनका प्रशिक्षक गत शनिबारबाट फसेका एक सरकारी अधिकारीले एएफपी समाचार समिलिलाई जानकारी दिएका छन् ।

म्यानमारको सीमा नजिकैको एक एकान्त स्थलमा रहेको यस गुफामा भारी वर्षापछि उनीहरूलाई उद्वारै गर्न नसक्नेगरी बाढी आएको अनुमान गरिएको छ ।

फसेका ती बालबालिकाको उमेर ११ देखि १६ वर्षको भएको बताइएको छ । थाइल्यान्डमा मे महिनादेखि अक्टोबरसम्म मनसुनी वर्षाको समय हो ।