रोनाल्डो पनि चुके पेनाल्टिमा, उपविजेता यसरी बन्यो पोर्चुगल (भिडियो सहित) - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

रोनाल्डो पनि चुके पेनाल्टिमा, उपविजेता यसरी बन्यो पोर्चुगल (भिडियो सहित)



स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पेनाल्टिमा चुके पनि पोर्चुगल इरानसँग १–१ को बराबरी खेल्दै नकआउट चरणमा पुुगेको छ ।

दोश्रो हाफमा पाएको पेनाल्टिमा रोनाल्डोले गोल गर्न सकेनन् ।

यो खेल जितेको भए पोर्चुगल समूहको विजेता बन्ने थियो । बराबरी पछि उपविजेता बन्दै नकआउट चरणमा पुुगेको हो । यो समूहबाट स्पेन समूह विजेता बनेको छ ।

पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै रिकार्डो क्वारिस्माले पोर्चुुगललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको तेश्रो मिनेटमा पेनाल्टि पाएपछि इरानले बराबरी गरेको हो ।इरानका लागि करिम आनसारिफाडले गोल गरेपनि टोलीलाई अघिल्लो चरणमा पुु¥याउन सकेनन् ।

समूूह बी कै अर्को खेलमा स्पेननले मोरक्कोसँग अन्तिममा बराबरी गरेपछि इरानको सपना पूूरा नभएको हो ।

समूहको उपविजेता बनेको पोर्चुगलले अन्तिम १६मा उरुग्वेको सामना गर्नेछ । स्पेनले रुससँग खेल्नेछ ।

https://youtu.be/6bYKeYsDVZw