स्याङ्जामा लागु औषध विरुद्दको कार्यक्रम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

स्याङ्जामा लागु औषध विरुद्दको कार्यक्रम



स्याङ्जा । सनिबार स्याङ्जामा लागुऔषध विरुद्दमा र्याली तथा कोणसभा सम्पन्न भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका वडा न. ९ सुन्तलीटार बगैंचामा भएको कोणसभामा बोल्दै चापाकोट नगर उपप्रमुख बिमला श्रेष्ठले लागु औषध ओसारपसारमा लागेर भबिस्य बोकेका युवाहरु कुलतमा फस्ने संख्या बढिरहेकोले यस विषयमा सबैले गम्भीर भएर सोच्नु पर्न बेला आएको बताउनु भयो ।

इलाका प्रहरी कार्यलय क्वामिका प्रहरी निरीक्षक सन्तोष पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन महेन्द्र पौडेलले गर्नु भएको थियो । त्यस्तै स्वागत तथा कार्यक्रम माथी प्रकाश प्रहरी चौकी चापाकोट्का प्रमुख चेतप्रसाद श्रेष्ठले आफ्नो मन्तव्य राख्नु भएको थियो । समाजसेवी सरस्वती भट्टराई ,टुकराज पाठक, चापाकोट क्याम्पस स्ववियु सभापति सबिनचन्द्र डोटेल आदिले आफ्ना आफ्ना विचारहरु राख्नु भएको थियो ।

चापाकोट चौकी बाट सुरु गरिएको उक्त र्याली क्याम्पस रोड ,सुन्तलिटार बजार परिक्रमा गरि बगंैचामा आएर कोण सभा भएको थियो ।