के मेस्सीले बचाउलान नेम्बाङको आशा? - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

के मेस्सीले बचाउलान नेम्बाङको आशा?



काठमाडौं । सधैं राजनितिक व्यत्तित्वलाई तनाव दिने बिषय राजनिती मात्र नहुँदो रहेछ । सत्तारुढ दल ने.क.पा.का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङ यतिवेला त्यस्तै तनाबमा परेका छन् । रुसमा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा अघिल्लो विश्वकपको उपविजेता अजे्रन्टिना र यसका मुख्य नायक मानिएका लियोनल मेस्सीको प्रर्दशनका कारण नेता नेम्बाङ तनाब परेका हुन् ।

अज्रेन्टिना विश्वकपको पहिलो खेलमै आईसल्याण्डसँग बराबरीमा रोकिएको थियो । पहिलो खेलमा मेस्सीले पेनाल्टी समेत चुकाएका थिए । त्यस्तै दोस्रो खेलमा क्रोशियासँग ३–० ले पराजित भएपछि अजे्रन्टिना तथा मेस्सीका विश्वभरिका फ्यानहरु तनावग्रस्त भएका हुन् । नेम्बाङ पनि मेस्सीका ‘डाईहार्ट फ्यान’ भएका कारण अघिल्लो संस्करणको विश्वकपमा संविधान सभाको बैठक नै स्थगित् गरेर नेम्बाङ मेस्सीको गेम हेर्न गोकर्ण रिसोर्ट पुगेका थिए । तर! यसपटक आफूले सोचेको जस्तो खेल नखेलेपछि उनी पनि यस समय निक्कै तनाबमा छन् ।

रुसमा जारी विश्वकपमा नेम्बाङ यसपटक पनि अजे्रन्टिनाको समर्थनमा छन् । उनी मेस्सीले नै यसपटकको विश्वकप जित्ने दाबीसहित विश्वकप हेरिरहेका थिए । तर, सूरुवातमै अजे्रन्टिनाको प्रदर्शनीले उनको आशालाई क्षणभर मै निराशा बनाईदियो ।

आईसल्याण्डसँगको पहिलो खेलमा मेस्सीले पेनाल्टी मिस गरेको भोलिपल्ट नेम्बाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार जाँदा अजे्रन्टिनाको फूटबल प्रर्दशनलाई लिएर नेता नेम्बाङलाई प्रधानमन्त्रीकै प्रमुख राजनीतिक सल्लाहकार विष्ण रिमालले नेम्बाङलाई जिस्काएका थिए ,‘मेस्सीले त यसपालि हार्ने भए नि ?’

तर ! रिमालको प्रश्न भुईँमा खस्न नपाउँदै नेम्बाङले एक छिन मौन बसे झैं गरि फिल्मी शैलीमा जवाफ फर्काए ‘यो हुनै सक्दैन, असम्भव, खेल अभि भी बाँकी हे।’