काठमाडौं बन्यो चरेस ओसार्ने बाटो - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

काठमाडौं बन्यो चरेस ओसार्ने बाटो



काठमाडौं । कलंकीबाट २३ बि ५८८५ नम्बरको भारतीय ट्रकमा फल्स बटम बनाएर चरेश र अफिम तस्करी गरिरहदाँ नेपाल प्रहरी लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

व्युरोको अनुसार २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिमसहित १ जनालाई कलंकीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला विहारका २५ वर्षीय मेघराज आलम रहेका छन् । प्रहरीका अनुसार उनले नेपालमा उत्पादित चरेश र अफिम भारतको दिल्लीसम्म लग्ने तयारी रहेको बयान दिएका छन् ।

भारतबाट ल्याएको मकै नेपालको हेटौंडामा झारेर मकवानपुर धादिङ क्षेत्रबाट चरेश लोड गरेर उक्त ट्रक काठमाडौं भित्रिएको थियो । ट्रकमा फल्स बटम बनाएर चरेश ल्याएको र प्रहरीको आँखा छल्न काठमाडौं छिरेको व्युरोका डीआइजीले बताए । उक्त ट्रक चालक आलम यसअघि पनि चरेश ओसारपसारमा संग्लन रहेको अनुसन्धानबाट खुलेको राईले बताए । चरेशका मालिक पनि भारतीय नागरिक रहेको प्रारम्भीक अनुसन्धानबाट खुलेको र उनको खोजी भइरहेको कुरा पनि व्युरो बाट जानकारी आएको छ ।