सुखडमा मोबाईल मर्मत , बेसिक कम्प्युटर र ब्युटिपार्लर तालिमको उद्घाटन
बिशाल पाण्डेय / सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका- १ सुखडमा दलित,अल्पसंख्यक,कमलरी तथा जनजातीहरुका लागी क्षमता विकास कार्यक्रम अन्तरगत मोबाईल मर्मत , बेसिक कम्प्युटर र ब्युटिपार्लर तालिमको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
प्रयास नेपालको आयोजना तथा घोडाघोडी नगरपालिकाको आर्थिक सहयोगमा क्षमता विकास कार्यक्रम अन्तरगत मोबाईल मर्मत , बेसिक कम्प्युटर र ब्युटिपार्लर तालीमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथीबाट वोल्दै घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले ‘सिप सिक्न पाउनु ठुलो कुरा भएको बताउदै अवसरको सदुपयोग गरी उपलव्धी हासिल गर्नु पर्नेमा जोड दिनु पर्ने बताइन ‘। सिप सिकेर व्यवसाय गर्न तालिमका सहभागीहरुलाई उप प्रमुख थापाले आग्रह गरिन ।
घोडाघोडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष मनराज शाहिले नगरपालिकाले गरेको लगानी बालुवामा पानी हाले जस्तो नहोस् उनले भने ,’ सिप सिकेर आत्मनिर्भर बनि आफ्नो ब्यवसाय सुरु गर्नु पर्छ’ । कार्यक्रममा वोल्दै घोडाघोडी नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिराज विष्टले तालिमवाट सिप सिकी दक्ष वन्न सहभागिहरुलाई सुझाव दिए । यि यस्ता सिप सिकाउन नगरपालिका प्रतिवद्धरहेको समेत बिष्टले बताए । त्यस्तै घोनपा वडा नं ६ का वडा अध्यक्ष बिनोद बिश्वकर्माले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु गर्नु पर्ने बताउदै आफुले सिकेको सिपको सदुपयोग गर्नु पर्ने बताए ।
प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जैशीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा
प्रयास नेपालका महा सचिव तथा कार्यक्रम संयोजक नवराज खनाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा स्ववियु सभापति जिबन बिसि ,नकरोड सहकारीका अध्यक्ष लक्ष्मी चौधरी ,दरख खानेपानीका अध्यक्ष निरज मल्ल, राष्ट्रिय कलेज सुखडका प्राचार्य कर्ण भण्डारी ,नेपाली काङ्ग्रेस महा समिती सदस्य भिम बडुवाल ,नेकपा नगर अध्यक्ष चक्र बिष्ट ,जिल्ला समन्वय समिती सदस्य मालती सार्की लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जनार्दन उपाध्यायले गरेका थिए ।
कार्यक्रम पछी सञ्चारकर्मी कुराकानि गर्दै प्रयास नेपालका उपाध्यक्ष पुष्पराज जोशीले क्षमता विकास तालिम अन्तरगत कम्प्युटर र मोवाइल रिपियरिंग तालिम तिन महिना सम्म र ब्युटिपार्लर तालिम एक महिना सम्म चल्ने बताए । तालिम असार १० गते आइतवार वाट निरन्तर चल्ने जनाइएको छ । तालीममा घोडाघोडी नगरपालिकाका १२ वटै वडा बाट ५० जनाको सहभागिता रहेको जोशिले बताए ।