मेक्सिकोका हर्जान्डेजले बनाए एकै खेलमा ३ रेकर्ड - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

मेक्सिकोका हर्जान्डेजले बनाए एकै खेलमा ३ रेकर्ड



काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरिया विरुद्ध गोल गर्दै मेक्सिकोका जाभियर हर्जान्डेजले ३ रेकर्ड बनाएका छन्।

उनले खेलको ६६ मिनेटमा गोल गर्दा मेक्सिकोले अग्रता दोब्बर पारेको थियो। हिर्भिङ लोजानोले काउन्टर आक्रमणबाट उपलब्ध गराएको पासमा उनले डिबक्स भित्रबाट उत्कृष्ट गोल गरेका थिए। उनको गोलले मेक्सिको समूह एफबाट अन्तिम १६ नजिक पुगेको छ।

उनले बनाएका तीन रेकर्ड 

– उनले कोरिया विरुद्ध गोल गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या ५० पुर्याएका छन्। सन् २००९ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले १ सय ४ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

– कोरिया विरुद्ध गोल गरेसँगै हर्नान्डेजले मेक्सिकोका लागि विश्वकपमा बढी गोल गर्ने खेलाडीको रेकर्डसँग बराबरी गरे। उनले विश्वकपमा अहिलेसम्म ४ गोल गरेका छन्।

– उनी तीन वटा विश्वकपमा गोल गर्ने तेस्रा मेक्सिकन खेलाडी बने। यसअघि काउटेमोक ब्लान्को र राफा मार्क्युजले मेक्सिकोका लागि ३ विश्वकपमा गोल गरेका थिए।