विश्वकप हेर्ने क्रममा विवाद हुँदा वडा सदस्यद्बारा चक्कु प्रहार - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

विश्वकप हेर्ने क्रममा विवाद हुँदा वडा सदस्यद्बारा चक्कु प्रहार



विराटनगर । विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा एक युवालाई छुरा प्रहार गरी मोरङ उर्लाबारी नगरपालिका ६ नम्बर वडाका वडा सदस्य फरार भएका छन् ।

मोरङको उर्लाबारी नगरपालिका– ५ स्थित एरोमा होटलमा आज बिहान ३ बजे विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा सदस्य सचिन शाक्यले सोही वडाका विशाल तामाङलाई चक्कु प्रहार गरेका हुन् ।

४० वर्षीय शाक्यले तरकारी काट्ने चक्कुले प्रहार गर्दा २७ वर्षीय तामाङ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।नयाँ पत्रीका /फाइल तस्बिर :