विजय कुमारको पहिलो उपन्यास निस्किने - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

विजय कुमारको पहिलो उपन्यास निस्किने



२०७१ सालमा आफ्नो पहिलो पुस्तक ’खुशी’ मार्फत मदन पुरस्कार पाउने लेखक, पत्रकार तथा टेलिभिजन कर्मी विजय कुमारको पहिलो उपन्यास आउने भएको छ । २०७५ सालभित्रै फाइन प्रिन्ट प्रकाशनबाट आफ्नो पहिलो उपन्यास कुमारले प्रकाशन गर्न लागेका हुन् ।

विजय कुमारले आफ्नो आउने उपन्यासमा लेखन शैली र विषयवस्तु दुवै दृष्टिबाट नेपाली भाषामा एक नयाँ प्रयोग गरेको बताएका छन् ।
पुस्तकको निम्ति सम्झौतामा कुमार र फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले हस्ताक्षर गरेका हुन् ।

’ मदन पुरस्कार विजेता लेखकको दोस्रो कृति प्रकाशन गर्न पाएकोमा हामी खुसी एवम् गौरवान्वित भएका छौँ। यस पुस्तकले पनि विजय कुमारको पहिलो पुस्तक ’खुशी’ ले झैं पाठकको स्नेह पाउने विश्वास छ,’ फाइनप्रिन्टका प्रमुख कार्यकारी भारीले बताए।

उनको पहिलो पुस्तक जसले २०७१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो, उक्त पुस्तक पनि फाइन प्रिन्ट बाटै प्रकाशित भएको थियो ।